शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र ‘ज्वाइँ साब’ को ट्रेलर सार्वजनिक

एक्सप्रेस पाना
आश्विन १८, २०८१ शुक्रबार
  • 273
    SHARES
  • चलचित्र ‘ज्वाइँ साब’ को ट्रेलर सार्वजनिक

    काठमाडौं । दशैंको फूलपातीबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ज्वाइँ साब’ को ट्रेलर सार्वजनिक भएको छ । 

    images

    सार्वजनिक ट्रेलरमा ज्वाइँ साब बन्न पुरुष पात्रहरुले गरेको संघर्षलाई रमाइलो शैलीमा देखाउन खोजिएको छ । विवाहपछि बेहुलीको घरमा बेहुला भित्रिने कथावस्तुमा आधारित भएर चलचित्र बनाइएको देखाइएको छ । 

    बसन्त निरौला निर्देशित चलचित्रमा जितु र नीतिसँगै बुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, सन्दीप क्षेत्री, कविता आले, शिशिर वाङ्देल, दीपक आचार्य (काकु), राजकुमार पण्डित, निमा पाण्डे, कमलमणी नेपाल, प्रकाश घिमिरे, सीपी पौडेल, सुमन राई, राजेन्द्र नेपाली, विश्व मुखिया, दीपक अधिकारी, इशान राउत, शिवु पाण्डे लगायतको पनि अभिनय छ ।

    images

    विजय बस्याल कार्यकारी निर्माता रहेको चलचित्रमा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । राजकुमार पण्डितको प्रस्तुतिमा बनेको चलचित्रमा अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत, श्याम तामाङको छायांकन, सविन अधिकारीको कथा, सन्देश शाहको सम्पादन तथा सञ्जय थापाको एक्सन छ ।

     

  • सम्बन्धित विषय:

  • # ‘ज्वाइँ साब