तस्बिर - एन्फा
असोज १९ काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबको यू -१३ युवा फुटबल एकेडेमी औपचारिक रुपमा उद्घाटन भएको छ। नेपाली सेना प्रमुख प्रभुराम शर्मा, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरि शेर्पा र नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठले मंगलबार सेना मुख्यालयमा आयोजित एक समारोहमा प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
त्रिभुवन आर्मी फुटबल क्लबले यसअघि एन्फासँग युवा फुटबल एकेडेमी सञ्चालन गर्ने सम्झौता गरेको थियो।


