बिहीबार , कार्तिक २० गते २०८३
images
images

बडादसैँको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजाआराधना गरि मनाइँदै

एक्सप्रेस पाना
आश्विन १९, २०८१ शनिबार
  • 271
    SHARES
  • बडादसैँको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजाआराधना गरि मनाइँदै

    काठमाडौं । बडादसैँ अथात् नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजाआराधना गरि मनाइँदैछ । 

    images

    दसैँको घटस्थापनासँगै नवदूर्गाका नौवटा रूपहरूको पूजा गर्ने हिन्दु परम्परा छ । चन्द्रघण्टालाई नवदुर्गा मध्ये एक देवीको स्वरुप मानिन्छ ।

    दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौं दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

    images

    चन्द्रघण्टा भगवतीको पूजा आराधना अनि जलपूर्ण कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गरिन्छ । हिन्दु धर्म, संस्कृतिअनुसार कलशमै सम्पूर्ण देवी देवता, सागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित हुन्छन् ।

    दुःख कष्टबाट मुक्तिका लागि गाईको दूधबाट बनाइएका विभिन्न परिकारका प्रसाद भोग लगाउने तथा दान गरेर माता चन्द्रघण्टाको पूजा गरेमा माताको आशीर्वाद हामी माथि सधैँभरि रहन्छ भन्ने पुराणमा उल्लेख छ ।

     

  • सम्बन्धित विषय:

  • # बडादसैँ