काठमाडौं । नेपालले दोस्रो अभ्यास खेलमा जित हासिल गरेको छ ।
क्यानडाको दोस्रो रोजाइको हाइप्रोफमेन्स (एचपी)लाई शनिबार राति नेपालले २० रनले हराएको हो । योसँगै तीन खेलको श्रृंखलामा नेपालले १–१ को बराबरी गरेको छ ।
१७७ रनको लक्ष्य पछ्याएको एचपी ४५.३ ओभरमा १५६ रनमा अल आउट भएको थियो
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४६.१ ओभरमा १७६ रन बनाएको थियो । नेपालको कप्तानी गरेका सोमपाल कामीले ३३ बलमा दुई चौकासहित सर्वाधिक ३१ रन बनाए । उनीबाहेक अर्जुन साउद ७, अनिलकुमार साह २५, देव खनाल १५, भीम सार्की १६, आरिफ शेख १८, दीपेन्द्रसिंह ऐरी २७, कुशल भुर्तेल डक, गुल्सन झा ६ रनमा आउट भएका थिए ।
अब तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।


