आइतबार, भाद्र २८ गते २०८३
images

कर्णालीले जित्यो एभरेष्ट महिला भलिबल लिगको उपाधि

एक्सप्रेस पाना
आश्विन २०, २०८१ आइतबार
  • 235
    SHARES
  • कर्णालीले जित्यो एभरेष्ट महिला भलिबल लिगको उपाधि

    काठमाडौं । एभरेष्ट महिला भलिबल लिगको उपाधि कर्णाली यश्विजले जितेको छ।

    images

    शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा सम्पन्न फाइनल खेलमा कर्णाली यश्विजले ललितपुरलाई ३–२ को सेटमा पराजित गरेको हो।

    सुरुआतका दुई सेट २५–१७ र २५–२० ले आफ्नो पक्षयमा पारेको कर्णालीले त्यसपछि लगातार दुई सेट गुमाएपछि खेलको निर्णय पाँचौँ सेटबाट पुगेको थियो।

    images

    पाँचौँ सेटमा १५–१३ ले जित हासिल गर्दै कर्णली च्याम्पियन बनेको हो।

    त्यसअघि ललितपुरले तेस्रो सेटमा २५–१२ चौथो सेटमा २५–१८ ले आफ्नो पक्षमा पारेको थियो।

     

  • सम्बन्धित विषय:

  • # एभरेष्ट महिला भलिबल लिग