बिहीबार , कार्तिक २० गते २०८३
images
images

पशुपतिस्थित धर्मशालाको व्यबस्थापन पशुपति विकास कोषले नै गर्ने

एक्सप्रेस पाना
आश्विन २०, २०८१ आइतबार
  • 215
    SHARES
  • पशुपतिस्थित धर्मशालाको व्यबस्थापन पशुपति विकास कोषले नै गर्ने

    काठमाडौं । लामो समयदेखि मारबाडीको कब्जामा रहेको पशुपतिको धर्मशालाको व्यबस्थापन पशुपति विकास कोषले नै गर्ने भएको छ । 

    images

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेको अध्यक्षतामा पशुपति विकास कोष सञ्चालक परिषदको आइतबार बसेको बैठकले आवश्यकता अनुसार अन्य सम्बन्धित निकायकसँग समन्वय गरी व्यबस्थापन गर्न निर्देशन दिने निर्णय गरेको हो । 

    परिषद सदस्य काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह समेतको उपस्थिति रहेको बैठकमा धर्मशालाको ब्यबस्थापन गर्ने अधिकार कोषलाई नै निहीत भएको भन्दै आवश्यकता अनुसार अन्य निकायसँग पनि समन्वय गर्न सक्ने गरी बाटो खुला गरि दिएको छ । 

    images

    मारबाडी सेवा समितिले यस अघिको कररा बदर गरी पाउँ भनि काठमाडौं जिल्ला अदालतमा पशुपति विकास कोष विरुद्ध दायर मुद्दामा यही असोज १६ गतेको फैसलामा समितिको दावी नपुग्ने ठहर गरे पछि परिषद्ले सो निर्णय गरेको हो ।

  • सम्बन्धित विषय:

  • # पशुपति विकास कोष