काठमाडौं । नेपाली क्रिकेट टिमका स्पिनर ललितनारायण राजवंशी १५ लाख रुपैयाँमा जनकपुर बोल्ट्समा आवद्ध भएका छन् ।
आइतबार भएको नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा ग्रेड ‘ए’ क्याटोगोरी रहेका राजवंशीलाई जनकपुर बोल्ट्सले खरिद गरेको हो ।
उनलाई लिन ६ टोलीले इच्छा जनाएका थिए । तर चिठ्ठाबाट जनकपुर बोल्ट्समा १५ लाख रुपैयाँमा आवद्ध भएका हुन् ।


