बिहीबार , कार्तिक २० गते २०८३
images
images

काभ्रेका बाढिपहिरो प्रभावितलाई ड्रोनमार्फत खाद्यान्न सामग्री पठाइँदै

एक्सप्रेस पाना
आश्विन २१, २०८१ सोमबार
  • 213
    SHARES
  • काभ्रेका बाढिपहिरो प्रभावितलाई ड्रोनमार्फत खाद्यान्न सामग्री पठाइँदै

    काठमाडौं । असोज ११ र १२ गते आएको अविरल वर्षाका कारण सडक अवरुद्ध भएपछि ड्रोनमार्फत बाढिपहिरो प्रभावित स्थानीयलाई खाद्यान्नलगायत सामग्री पठाउन थालिएको छ । 

    images

    काभ्रेको पनौती नगरपालिकाको १२ नं वडास्थित एक गाउँमा ड्रोनको प्रयोग गरि आइतबारदेखि हामी टिम नेपाल नामक संस्थाले एयरलिफ्ट टेक्नोलोजीको सहकार्यमा उक्त मगरगाउँमा चामललगायत खाद्यान्न  सामग्री पठाउन थालेको हो ।

    आइतबारदेखि पहिला परीक्षण गरी मगरगाउँमा केही मात्रामा चामल र सामग्री पठाइएको टिम नेपालका स्वयंसेवक परीक्षण हुमागाईँले बताए । बाढीपहिरोबाट पीडित उक्त गाउँका ८५ परिवारमा खाद्यान्नलगायत राहत सामग्री आवश्यक छ भन्ने खबर पाएपछि सडक नबन्दासम्म ड्रोनमार्फत पठाइने उपाय निकालिएको हुमागाईँले बताए । उनका अनुसार त्यस गाउँमा खाद्यान्न, बिजुली तथा पोषणको समस्या देखिएको छ । 

    images

    भौगोलिक विकटता एवं ग्रामीण सडक अवरुद्ध भएपछि उक्त गाउँका ८५ परिवारका लागि उक्त संस्थाले ड्रोनको सहयता लिएको हो ।
      

  • सम्बन्धित विषय:

  • # बाढिपहिरो
  • # काभ्रे