काठमाडौं । बडादशैँको छैठौं दिन आज असोज २२ गते मंगलवार माता कात्यायनी देवीको पूजा–आराधना गरिँदैछ ।
कात्यायनी देवीको उपासना र आराधना गर्नाले भक्तहरुलाई सजिलै अर्थ, धर्म, काम र मोक्ष प्राप्त हुन्छ ।
माता कात्यायनी देवीको पूजा–अर्चना गर्नाले रोग, शोक, सन्ताप र भय नष्ट हुनुको साथै जन्मको समस्त पाप पनि नष्ट हुन्छ । माता कात्यायनीको बडादशैँको हरेक छैठौं दिन पूजा गरिन्छ । आजको दिन काठमाडौं महानगरपालिका वडा नं.३२, भिमसेनगोलमा रहेको कात्यायनी देवीको मन्दिरमा बिहानैदेखि भक्तजनहरुको घुईँचो लागेको छ ।
नवरात्रको छैटौं दिन अष्टमातृका भगवतीको छैठौं शक्तिका रुपमा कात्यायिनी भगवतीको पुजाअर्चना गर्ने परम्परा रहेको छ । कात्यायिनी भगवतीको पुजा गरेमा रोग शोक भय दुख दरिद्र जस्ता संकट नाश हुने धार्मिक बिश्वास रहेको पाइन्छ ।
धर्मशास्त्रमा उल्लेख भएबमोजिम प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रुपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायिनी रहन गएको कथन रहेको छ । तिनै कात्यायिनीले महिशासुरको बध गरेको शास्त्रीय मान्यता रहेको छ ।
.jpg)


