बिहीबार , कार्तिक २० गते २०८३
images
images

काठमाडौँ उपत्यकामा बढ्न थाल्यो सर्वसाधारणको चलहपहल

एक्सप्रेस पाना
आश्विन २८, २०८१ सोमबार
  • 241
    SHARES
  • काठमाडौँ उपत्यकामा बढ्न थाल्यो सर्वसाधारणको चलहपहल

    काठमाडौँ । काठमाडौँ उपत्यकामा विजयादशमीको फूलपातीदेखि घटेको चहलपहल टीकाको तेस्रो दिन सोमबारबाट पुनः बढ्न थालेको छ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आज पनि टीका थाप्न जाने सर्वसाधारणको चलहपहल देखिएको छ।

    images

    दसैँमा सुनसान देखिएका संघीय राजधानी काठमाडौँका सडकहरूमा अहिले सवारी साधनको संख्या विस्तारै बाक्लिन थालेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

    उनका अनुसार आज उपत्यकाका सडकमा निजी सवारी साधन बढी देखिएका छन्। दसैँ अवधिमा काठमाडौँ उपत्यकामा छिटपुट बाहेकका ठूला सवारी दुर्घटना नभएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले बताए।

    images

    दसैँका लागि उपत्यका बाहिर गएकाहरु पनि काठमाडौँ फर्किने क्रम जारी रहेको प्रहरीले जनाएको छ।