आइतबार, भाद्र २८ गते २०८३
images

महिला साफ च्याम्पियनसिप खेल्न नेपाल आइपुग्यो बंगलादेशको टोली

एक्सप्रेस पाना
आश्विन २९, २०८१ मंगलबार
  • 226
    SHARES
  • महिला साफ च्याम्पियनसिप खेल्न नेपाल आइपुग्यो बंगलादेशको टोली

    काठमाडौं । महिला साफ च्याम्पियनसिप–२०२४ मा सहभागी हुन बंगलादेशको टोली नेपाल आइपुगेको छ। 

    images

    बिहीबारदेखी सुरु हुने प्रतियोगितामा सहभागी हुन बंगलादेशको टिम मंगलबार बिहान काठमाडौँ आइपुगेको हो।

    प्रतियोगिताका लागि माल्दिभ्स र पाकिस्तानका टोली नेपाल आइसकेका छन्। 

    images

    माल्दिभ्स प्रतियोगिताको समूह ‘बी’ मा छ। उसका प्रतिद्वन्द्वीमा आयोजक नेपालसँगै भुटान र श्रीलंका छन्। माल्दिभ्सको पहिलो खेल शुक्रबार श्रीलंकाविरुद्ध हुने छ।

    बिहीबार हुने उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्नेछन्। समूह ‘ए’मा बंगलादेश, भारत र पाकिस्तान छन्।

  • सम्बन्धित विषय:

  • # महिला साफ च्याम्पियनसिप