आइतबार, भाद्र २८ गते २०८३
images

मालिका देवी कपको तयारी तीब्र

एक्सप्रेस पाना
कार्तिक १, २०८१ बिहीबार
  • 284
    SHARES
  • मालिका देवी कपको तयारी तीब्र

    काठमाडौं । मेलचौर युवा जागरण समाजको अयोजनामा हुने चौथो संस्करणको मालिका देवी कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको तयारी तीब्र पारिएको छ। 

    images

    चौतारा साँगाचोकगढी ७ मेलचौर दरबारडाँडा खेलमैदानमा हुने प्रतियोगिताको लागि यति बेला तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठले जानकारी दिए। 

    प्रतियोगिताका लागि कार्तिक ३ गतेसम्म टिम दर्ता खुला गरिएको छ भने टिम दर्ता शुल्क ५००० तोकिएको पनि श्रेष्ठले बताए। यस्तै, प्रतियोगितामा सहभागि हरेक टिमका खेलाडी तथा टिम अफिसियल गरि टिमका १६ जनाको बिमा पनि गरिएको छ। साथै, बिमा वापत हरेक टिमले टिम दर्तामा तोकिएको शुल्कमा १५०० सय थप्नु पर्ने छ।

    images

    प्रतियोगिताको विजेताले १ लाख ५५ हजार ५५५ तथा उपविजेताले ७७ हजार ७७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन्।

    विजेताले पाउने पुरस्कार रकममा तेस्रो संस्करणको भन्दा ४४ हजार ४४४ रुपौयाँ बढेको छ। गत संस्करणको विजेता रोयल फ्यामिली चौताराले १ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गरेको थियो।

    प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्ट्राइकर, गोलकिपर, रक्षक, मिडफिल्डर, प्रशिक्षक र प्रत्येक खेलका ‘म्यान अफ दी म्याच’ लाई ट्रफीसहित नगद पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ। साथै, फेयर प्ले अवार्ड पनि प्रदान गरिने छ।

     

  • सम्बन्धित विषय:

  • # मालिका देवी कप