आइतबार, भाद्र २८ गते २०८३
images

साफ महिला फुटबल च्याम्पियनसिप आजदेखिसुरु,उद्घाटन खेलमा भारत र पाकिस्तान खेल्दै

एक्सप्रेस पाना
कार्तिक १, २०८१ बिहीबार
  • 279
    SHARES
  • साफ महिला फुटबल च्याम्पियनसिप आजदेखिसुरु,उद्घाटन खेलमा भारत र पाकिस्तान खेल्दै

    काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिप आजदेखि काठमाडौँमा शुरु हुदैछ । आयोजक नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले यो प्रतियोगितामा भाग लिदै छन् । 

    images

    नेपाल समुह बी मा श्रीलंका, माल्दिभ्स र भुटानसँग रहेको छ भने समुह ए मा भारत, बंगलादेश र पाकिस्तान रहेका छन् ।

    प्रतियोगिताको उद्घाटन खेलमा विहिबार भारत र पाकिस्तान खेल्दै छन् । खेल नेपाली समय अनुसार साँझ साढे ५ बजेदेखि दशरथ रंगशालामा हुदैछ ।

    images

    नेपालले भने शुक्रबार पहिलो खेलमा भुटानको सामना गर्नेछ । नेपालले यसअघिका सबै छ साफ च्याम्पियनसिपमा भाग लिएपनि अहिलेसम्म उपाधि जितेको छैन । 

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला साफ च्याम्पियनसिपका लागि खेल्ने २३ सदस्यीय टिमको घोषणा गरेको छ । 

  • सम्बन्धित विषय:

  • # साफ महिला फुटबल च्याम्पियनसिप