शुक्रबार, भाद्र २६ गते २०८३
images

इपिएल क्रिकेट : फाइनल प्रवेशका लागि चितवन र पोखरा भिड्दै

एक्सप्रेस पाना
आश्विन २०, २०७८ बुधबार
  • 519
    SHARES
  • इपिएल क्रिकेट : फाइनल प्रवेशका लागि चितवन र पोखरा भिड्दै

    असोज २० काठमाडौं । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी चौथो एभरेष्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगितामा आज बुधबार दुई खेल हुँदैछन् । बुधबार प्लेअफ अन्तर्गतका क्वालिफायर र एलिमिनेटर खेल हुनेछन् ।

    images

    चितवन टाइगर्स र पोखरा राइनोजबीच फाइनल प्रवेशका लागि पहिलो प्रतिस्पर्धा हुनेछ । खेल बिहान साढे ९ बजेका लागि तय भएकाे छ ।

    सोमपाल कामीको कप्तानीमा रहेको चितवन शीर्ष स्थानमा रहँदै क्वालिफायर पुगेको हो । विनोद भण्डारीको कप्तानीमा रहेको पोखराले दोस्रो स्थानमा रहेको थियो ।   पराजित हुने टोलीले दोस्रो क्वालिफायरको मौका पाउने छ । दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेतासँग खेल्नेछ ।

    images

    बुधबार एलिमिनेटरमा काठमाडौं किङ्स-११ र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसाे साढे १ बजे सुरु हुनेछ । शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा तेस्रो र सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंले चाैथाे स्थानमा रहँदै एलिमिनेटर खेल्न लागेको हुन ।

    प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । उपविजेताले १५ लाख पाउने आयाेजकले जानकारी दिएकाे छ ।