काठमाडौं । काठमाडौंको केशरमहल–सञ्चयकोष हुँदै ठमेल निस्कने सडक बन्द गरिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार केशरमहल चोकदेखि सञ्चयकोष भवन जाने सडकमा विद्युत अण्डरग्राउन्ड गरी सडक ढलान गरिएको हुँदा उक्त सडकमार्फत ठमेलतर्फ जाने सवारीसाधनलाई प्रवेशमा रोक लगाइएको हो।
ट्राफिक प्रहरी कार्यालयले वैकल्पिक मार्ग केशरमहल, लैनचौर, अस्कल क्याम्पस मोड हुँदै ठमेल जान अनुरोध गरेको छ।
.jpg)


