आइतबार, भाद्र २८ गते २०८३
images

युनिलिभर नेपालद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई ट्राभल किट हस्तान्तरण

एक्सप्रेस पाना
कार्तिक १, २०८१ बिहीबार
  • 214
    SHARES
  • युनिलिभर नेपालद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई ट्राभल किट हस्तान्तरण

    काठमाडौं । युनिलिभर नेपालले नेपालको राष्ट्रिय महिला फुटबल टोलीको आधिकारिक स्पन्सर रहेको आफ्नो पर्सनल केयर ब्रान्ड, डोभमार्फत बुधबार एन्फा कार्यालयमा नेपालको राष्ट्रिय महिला फुटबल टोलीका २७ खेलाडी तथा अधिकारीहरूलाई विशेष ट्राभल किट हस्तान्तरण गरेको छ ।

    images

    एथलिटहरूलाई उनीहरूको सफलतातर्फको यात्रामा समर्थन गर्न जारी राख्दै डोभले आफ्नो ब्रान्डको हेरचाह, सशक्तिकरण, र आत्मविश्वासको प्रतिबद्धतालाई सुदृढ गदै सो ट्राभल किट हस्तान्तरण गरेको हो । 

    दीर्घकालीन, मूल्य–सञ्चालित साझेदारी, महिला फुटबलको प्रवर्द्धन र फिफा महिला विश्वकप जस्ता प्रमुख टूर्नामेंटहरूसँग प्रतिबद्धता जनाउदै  फुटबल संस्कृतिमा गहिरो रूपमा एकाकार गर्ने कम्पनीले जनाएको छ । युनिलिभरले परम्परागत स्पन्सरसिप भन्दा दर्शकहरूसँग भावनात्मक सम्बन्ध सिर्जना गर्दै सकारात्मक सामाजिक परिवर्तन ल्याउने आशा राखेको छ । 

    images

    नेपाली महिलाहरूले विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहेको युगमा युनिलिभर नेपालले महिला एथलेटिक्सको भविष्यमा राष्ट्रिय महिला फुटबल टोलीले पार्न सक्ने महत्त्वपूर्ण प्रभावलाई बुझेर सम्मान गरेको कम्पनीको भनाई छ ।

  • सम्बन्धित विषय:

  • # युनिलिभर नेपाल