काठमाडौं । जारी साफ महिला फुटबल च्याम्पियनसिपमा आज दुई खेल हुदै छन् ।
आज पहिलो खेल श्रीलंका र माल्दिभ्सबीच हुदैछ भने दोस्रो खेल नेपाल र भुटानबीच हुदै छ । दशरथ रंगशालामा हुने पहिलो खेल नेपाली समय अनुसार साढे ३ बजेदेखि शुरु हुने छ भने दोस्रो खेल साढे ५ बजेदेखि शुरु हुनेछ ।
च्याम्पियनसिपमा पहिलो खेलमा भारतले पाकिस्तानलाई ५–२ गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।
यस प्रतियोगितामा आयोजक नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले यो प्रतियोगितामा भाग लिइरहेका छन् । नेपाल समुह बी मा श्रीलंका, माल्दिभ्स र भुटानसँग रहेको छ भने समुह ए मा भारत, बंगलादेश र पाकिस्तान रहेका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला साफ च्याम्पियनसिपका लागि खेल्ने महिला राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ ।


