काठमाडौं । टि–२० सिरिज अन्तर्गत नेपालले अमेरिकालाई १६५ रनको लक्ष्य दिएको छ ।
नेपाली समय अनुसार शुक्रबार बिहान अमेरिकाको डालसस्थित ग्रान्ड पिएरे मैदानमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको नेपालले ९ विकेटको क्षतिमा १६४ रन बनाएको हो ।
अमेरिकाविरुद्ध नेपालका ओपनर अनिल शाह र आशिफ शेखले समान २७÷२७ रन बनाए भने कुशल भुर्तेल १० रनमा आउट भए । त्यसैगरी गुल्सन झा सात बलमा १ छक्का र एक चौका प्रहार गर्दै ११ रन बनाएर आउट भए।
कप्तान रोहित पौडेलले एक रनले अर्धशतक प्रहार गर्न चुकेको खेलमा र दीपेन्द्रसिंह ऐरीले १७ बलमा दुई चौका र एक छक्काको मद्दतमा २८ रन जोडे । त्यसपछिका कुनै पनि ब्याट्सम्यान राम्रो गर्न सकेनन् ।


