आइतबार, भाद्र २८ गते २०८३
images

टी २० सिरिज:पहिलो खेलमा अमेरिकामाथी नेपालको शानदार जित

एक्सप्रेस पाना
कार्तिक २, २०८१ शुक्रबार
  • 207
    SHARES
  • टी २० सिरिज:पहिलो खेलमा अमेरिकामाथी नेपालको शानदार जित

    काठमाडौं । टी २० सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई हराएको छ । 

    images

    शुक्रबार अमेरीकाको ग्रान्ड प्रेरिमा भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले हराएको हो । 

    नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन बनायो । 

    images

    नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३ तथा गुल्शन झा, रिजन ढकाल र करण केसीले १–१ विकेट लिए।

    यसअघि,  टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनाएको हो।

    नेपालका लागि रोहित कुमार पौडेलले ४९ र दीपेन्द्र सिंह ऐरीले २८ रन बनाए भने  आसिफ शेखले २७, अनिल साहले २७, गुल्शन झाले ११, कुशल भूर्तेलले १० र सोमपाल कामीले २ रन बनाए। करण केसी र आरिफ शेख गोल्डेन डकआउट भए।

    नेपाल र अमेरिकाबीच ३ टी २० खेल हुनेछ। दोस्रो खेल आईतबार र तेस्रो खेल सोमबार हुनेछ।