काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिइएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार एक विज्ञप्ती जारी गर्दै सन्दीपलाई भिसा दिएको र आज बेलुका नै अमेरिका प्रस्थान गर्ने जानकारी दिएको हो ।
यसअघि सन्दीपसँग अमेरिकाको भिसा नभएकाले उनी क्यानाडामा खेलिसकेर स्वदेश फर्किएका थिए ।
नेपालले अमेरिकाबीच तीन खेलको टी–२० शृंखला आजदेखि सुरू भएको थियो । पहिलो खेल नेपालले जितेको छ । नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित विश्वकप लिग–२ शृंखला अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म अमेरिकाको टेक्ससस्थित ग्रान्ड प्रेरी रंगशालामा हुँदैछ।



