काठमाडौं । जारी टी–२० सरिजअन्तर्गत नेपालले अमेरिकाविरुद्धको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
आइतबार अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा भइरहेको खेलमा नेपालका कप्तान रोहितकुमार पौडेलले ब्याटिङ गर्ने निर्णय दिएका हुन् । नेपाल एक खेलअघि नै सिरिज जित्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ ।
तीन खेलको टी–२० आई सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा शुक्रवार अमेरिकालाई १७ रनले पराजित गरेको थियो ।
पहिलो खेलमा अनुपस्थित रहेका सन्दीप लामिछाने यो खेलमा भने समावेश भएका छन् ।


