आइतबार, भाद्र २८ गते २०८३
images

जारी टी–२० सिरिजमा नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य

एक्सप्रेस पाना
कार्तिक ४, २०८१ आइतबार
  • 231
    SHARES
  • जारी टी–२० सिरिजमा नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य

    काठमाडौं । जारी टी–२० सिरिजमा नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य दिएको छ ।

    images

    आइतबार अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा भएको खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै नेपालले ६ विकेट गुमाउदै १७० रन बनाएको हो ।

    नेपालका लागि कुशल भुर्तेलले आक्रामक ब्याटिंग गर्दै ५४ बलमा अविजित ९२ रन बनाएका थिए । त्यस्तै अनिल शाहले २५, गुलशन झाले १९, कप्तान रोहित पौडेलले १८ रन बनाएका थिए ।

    images

    त्यस्तौ अमेरिकाका बलर जसदीप सिंह र नोस्थस केन्जीगेले २–२ विकेट लिएका थिए भने सौरभ नेत्राभलकरले एक विकेट लिएका थिए । 

  • सम्बन्धित विषय:

  • # जारी टी–२० सिरिज