सोमबार, भाद्र २९ गते २०८३
images

जारी टी– २० सिरिजको अन्तिम खेलमा टस हारेर बलिङ गर्दै नेपाल

एक्सप्रेस पाना
कार्तिक ५, २०८१ सोमबार
  • 368
    SHARES
  • जारी टी– २० सिरिजको अन्तिम खेलमा टस हारेर बलिङ गर्दै नेपाल

    काठमाडौ । जारी टी– २० आई सिरिजको अन्तिम खेलमा नेपालले अमेरीकासंग टस हारेर बलिङ गरिरहेको छ । 

    images

    अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरीमा भएको खेल नेपाली समय अनुसार बिहान पौने छ बजेबाट सुरु भएको हो । अमेरिकाले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

    यसअघिको दुईवटा टी–२० खेलमा नेपालले अमेरिकामाथि जीत निकाल्दै सिरिज आफ्नो हातमा पारेपनि आजको खेल जित्दै सिरिज क्लिन स्वीप गर्ने दाउमा नेपाल रहेको छ ।

    images

    नेपालले अमेरिकासँगको पहिलो खेलमा १७ रनले जीत हात पारेको थियो भने हिजो भएको दोस्रो खेलमा सुपर ओभरमा जीत निकाल्न सफल भएको हो । सुपर ओभरमा तीन रनको लक्ष्य पाएको नेपालले खेल सजिलै हात पारेको थियो ।