काठमाडौं । जारी टी–२० आई सिरिज अन्तर्गतको अन्तिम खेलमा नेपाललाई अमेरिकाले जितका लागि १५७ रनको लक्ष्य दिएको छ ।
सोमबार बिहान अमेरिकाको डालसमा भएको सिरिजको अन्तिम खेलमा अमेरिकाले नेपाललाई जितका लागि १५७ रनको लक्ष्य दिएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन बनाउन फिल भयो ।
अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८, मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ रन जोडे । अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । नेपालका सोमपाल कामीले तीन, रिजन ढकाल र ललित राजवंशीले एकरएक विकेट लिए ।
यस सिरिजको दुवै खेल नेपालले जितेको थियो ।


