शुक्रबार, भाद्र २६ गते २०८३
images

पोखरालाई हराउँदै चितवन फाइनलमा

एक्सप्रेस पाना
आश्विन २०, २०७८ बुधबार
  • 294
    SHARES
  • पोखरालाई हराउँदै चितवन फाइनलमा

    असोज २० काठमाडौं । काठमाडौंमा जारी चौथो संस्करणको एभरेष्ट प्रिमिएर लिग (इपिएल) टि-२० क्रिकेट प्रतियोगिाता अन्तर्गत बुधबार भएको प्लेअफ क्वालिफायरमा पोखरा राइनोजलाई ९ विकेटले हराउँदै चितवन पहिलो पटक फाइनलमा प्रवेश गरेको हो । 

    images

    जितको लागि ६७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको चितवनले ७.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । चितवनको जितमा ओपनर मोहम्मद शाहजादले २६ बलमा ४८ रनमा क्याच आउट भए । हासिम अन्सारी १४ रनमा अविजित रहे । त्यस्तै करिम जन्नत ४ रनमा अविजित रहे । यता पोखराको लागि शाहजाद नन्दन यादवले एक विकेट लिए ।

    त्यस अघि सागर ढकाल र साहब आलमको चार विकेटप्रेरित चितवन टाइगर्सले पोखरा राइनोजलाई ६५ रनमा सीमित गरेको थियो ।

    images

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले १५ ओभरमा सबै विकेट गुमाएर चितवनसामु ६६ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

    पहिलो विकेटका लागि ३३ रनको सझेदारी गर्दै पोखराले सम्हालिएको सुरुआत गरेको थियो । ४।६ ओभरमा ओपनर रिचार्ड लेभीलाई गुमाएको पोखराले ४१ रनमा अर्का ओपनर सुनील धमलालाई गुमाएको थियो । त्यसपछि तीन रन जोड्दा चार विकेट गुमाएको पोखराका लागि अन्य ब्याट्म्यानले १० को आँकडा पार गर्नै मुस्किल परेको थियो । 

    कप्तान तथा विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी गोल्डेन डक हुँदा असेल गुणारत्ने १ रनमा पेभेलियन फर्के । यस्तै, सहान अराचिगे ३ रनमा आउट हुँदा विवेक यादव २, लोकश बम ५ र नन्दन यादव शून्य रनमा सीमित भए ।  यस्तै, सुशन भारी १२ रन बनाएर पेभेलियन फर्किँदा किशोर महतो रनमा अविजित रहे ।  

    कसिलो बलिङ गरेको चितवनका लागि सागर ढकालले ४ ओभरमा १४ रन मात्रै खर्चेर ४ विकेट लिए । यस्तै साहब आलमले पनि ४ ओभरमा ९ रन खर्चेर ४ विकेट झारे । पोखरालाई ६५ रनमा सीमित गरेसँगै चितवनले फाइनल पुग्नका लागि ६६ रनको लक्ष्य पाएको थियो । उक्त जितसँगै चितवन सोझै फाइनलमा स्थान बनाएको छ ।

    पराजित पोखराले दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेतासँग खेल्नेछ । आज नै एलिमिनेटरमा काठमाडौं किङ्स-११ र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुनेछ । यस खेल दिउँसो १:३० बजे सुरु हुनेछ ।

    शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा तेस्रो र सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंले चौंथो स्थानमा रहदै एलिमिनेटर खेल्न लागेको हुन ।

    प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने आयोजकले जनाएको छ ।