सोमबार, कार्तिक १७ गते २०८३
images
images

कति छ आज विदेशी मुद्राहरुको विनिमय दर ?

एक्सप्रेस पाना
कार्तिक ६, २०८१ मंगलबार
  • 203
    SHARES
  • कति छ आज विदेशी मुद्राहरुको विनिमय दर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। 

    images

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८२ पैसा छ। हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८१ पैसा थियो। 

    त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४५ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ३० पैसा कायम भएको छ भने बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ८६ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ। 

    images

    आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९० रुपैयाँ १५ पैसा निर्धारण भएको छ भने कुबेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १० पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ०६ पैसा कायम भएको छ। 

    त्यसैगरी आज बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ९८ र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५७ पैसा कायम भएको छ। हिजो र अस्ती पनि बहराइन दिनारको कारोबार मूल्य यही थियो।

    462572137_424871853706548_4080296686172565668_n.jpg

  • सम्बन्धित विषय:

  • # विदेशी मुद्रा