बिहीबार , कार्तिक २० गते २०८३
images
images

तारे होटलमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थमा रोक

एक्सप्रेस पाना
कार्तिक ७, २०८१ बुधबार
  • 262
    SHARES
  • तारे होटलमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थमा रोक

    काठमाडौं । सरकारले अब तारे होटलहरूमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थमा रोक लगाएको छ।

    images

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको पर्यटन विभागले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै चार तारे, पाँच तारे र पाँच तारे डिलक्सतारे जस्ता होटलहरूमा प्लास्टिकजन्य बोटलहरूमा रोक लगाएको हो।

    विभागबाट तारे स्तरमा स्तर वर्गीकरण भई इजाजत प्राप्त गरी सञ्चालनमा रहेका होटल तथा रिसोर्टमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थ प्रयोगमा आइरहेका भनी जानकारी प्राप्त हुन आएकाले तत्काललाई कम्तीमा चार तारे वा सोभन्दा माथिल्लो स्तरका होटल तथा रिसोर्टमा खानेपानीको लागि प्रयोगमा आउने प्लास्टिकजन्य बोटलमा रोक लगाएको पर्यटन विभागका महानिर्देशक डा नारायण रेग्मीले बताए।

    images