आइतबार, भाद्र २८ गते २०८३
images

साफ महिला च्याम्पियनसिपमा भारतलाई हराउँदै बंगलादेश सेमिफाइनलमा

एक्सप्रेस पाना
कार्तिक ७, २०८१ बुधबार
  • 319
    SHARES
  • साफ महिला च्याम्पियनसिपमा भारतलाई हराउँदै बंगलादेश सेमिफाइनलमा

    काठमाडौं । बंगलादेश जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । 

    images

    बुधबार सम्पन्न खेलमा भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै बंगलादेश समुह बिजेता बनेर सेमिफाइनलमा पुगेको हो ।

    बंगलादेशले भारतविरुद्धको खेलको पहिलो हाफमा ३–१ को अग्रता लिएको थियो भने दोस्रो हाफमा दुवै देशबाट कुनै गोल हुन सकेन र बंगलादेशले खेल जित्यो ।

    images

    बंगलादेशका लागि तोहुरा खातुनले २ गोल गरेकी थिइन् भने अफइदा खानडाकरले एक गोल गरेकी थिइन् । त्यस्तै भारतका लागि एक गोल बाला देवीले गरेकी थिइन् । 

    यो जितपछि बंगलादेशको २ खेलमा ४ अंक भएको छ र समुह विजेता हुदै सेमिफाइनलमा पुगेको छ । त्यस्तै भारतको २ खेलमा ३ अंक रहेको छ र समुह ए मा उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ । योसँगै समुह ए मा रहेको पाकिस्तान भने समुह चरणबाटै बाहिरिएको छ ।