बिहीबार , कार्तिक २० गते २०८३
images
images

काठमाडौं महानगरभित्र प्लास्टिकका पुष्प गुच्छा तथा माला बिक्री वितरणमा रोक

एक्सप्रेस पाना
कार्तिक ८, २०८१ बिहीबार
  • 334
    SHARES
  • काठमाडौं महानगरभित्र प्लास्टिकका पुष्प गुच्छा तथा माला बिक्री वितरणमा रोक

    काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लास्टिकका पुष्प गुच्छा तथा माला बिक्री वितरण र प्रयोगमा रोक लगाएको छ ।

    images

    बिहीबार महानगरको वातावरण व्यवस्थापन विभागले एक सूचना प्रकाशित गर्दै आफ्नो वार्षिक नीति तथा कार्यक्रममा नै एकल प्रयोगको प्लास्टिक, प्लास्टिकको फूल गुच्छा, माला बिक्री, वितरण, भण्डारण, ओसार–पसार र प्रयोग तथा ४० माइक्रोनभन्दा पातला झोलाको बिक्री, वितरण, भण्डारण र प्रयोगमा पूर्ण रूपमा निषेध गरिएको जनाएको हो ।

    प्लास्टिकको झोलाको विकल्पमा कागज वा कपडाको झोला प्रयोग गर्नुपर्ने व्यवस्था गर्न सबै प्रकारका उत्पादक, वितरक, बिक्रेता तथा सर्वसाधारणको अनुरोध गरिएको छ । 

    images

    महानगरपालिकाको अनुगमन टोलीले निरीक्षणको क्रममा उक्त निषेध गरिएका कार्य भए गरेको पाइएमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारबाही गर्ने चेतावनी समेत महानगरले दिएको छ ।

    f16af7531364d30ef2d6d663cb2aa0741729743347.jpeg

     

  • सम्बन्धित विषय:

  • # काठमाडौं महानगरभित्र
  • # प्लास्टिकका पुष्प