बिहीबार , कार्तिक २० गते २०८३
images
images

जावलाखेलमा १७ औँ गोदावरी पुष्प मेला आजदेखी सुरु

एक्सप्रेस पाना
कार्तिक ८, २०८१ बिहीबार
  • 320
    SHARES
  • जावलाखेलमा १७ औँ गोदावरी पुष्प मेला आजदेखी सुरु

    काठमाडौं । आजदेखी जावलाखेलमा १७ औँ गोदावरी पुष्प मेला  २०८१ सुरु भएको छ ।

    images

    फ्लोरिकल्चर एशोसिएसन नेपाल(फ्यान)ले आयोजना गरेको गोदावरी पुष्प प्रदर्शनी आजदेखि ४ दिनसम्म जारी रहने छ  ।

    5c1371b59136b5f84bfa9d3d87704bd1.jpg

    images

    फ्यानले पुष्प व्यवसायको व्यवसायिक विकास बिस्तार तथा प्रबर्द्धन गर्ने उद्धेश्यले२०५१ सालदेखि लगातार रुपमा पुष्प मेला र प्रदर्शनीको आयोजना गर्दै आएको छ ।

    “रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि” भन्ने नाराको साथ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आजदेखि (कार्तिक ८ देखि ११ गतेसम्म) जावलाखेलको खेल मैदान, ललितपुरमा संचालन भइरहेको छ ।

    flower-1.jpg

    तिहार तथा छठ पर्व नजिकिदै गर्दा आँगन बगैचा सजाउन तथा स्वागत सत्कारमा विशेष प्रयोग हुने फूलको सहज उपलब्धता गराउन, गोदावरी फूलको व्यवसायिक प्रवर्द्धन गर्न, समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पुरÞ्याउनका लागि यस किसिमका कार्यक्रमहरु आयोजना गर्दै आइरहेको फ्यानले जनाएको छ ।

    यस प्रदर्शनीमा व्यवसायिक स्टल ६८, प्रतियोगितात्मक स्टल २, अफिसियल स्टल ४ र फोटो पारखीहरुका लागि सेल्फी स्टल १ गरि जम्मा ७५ वटा प्रदर्शनी कक्षहरु रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # गोदावरी पुष्प मेला