आइतबार, भाद्र २८ गते २०८३
images

विश्वकप लिग २:अमेरिका र स्कटल्याण्डसंग खेल्ने नेपाली टोलिको घोषणा

एक्सप्रेस पाना
कार्तिक १०, २०८१ शनिबार
  • 310
    SHARES
  • विश्वकप लिग २:अमेरिका र स्कटल्याण्डसंग खेल्ने नेपाली टोलिको घोषणा

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले अमेरिका र स्कटल्याण्डविरुद्ध खेल्ने आइसीसी विश्वकप लिग–२ को सिरिजका लागि टिमको घोषणा गरेको छ ।

    images

    क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । 

    नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, ललित राजबंशी र सन्दीप लामिछाने रहेका छन् । 

    images

    नेपालले सिरिजको पहिलो खेल आइतबार राति अमेरिकाविरुद्ध खेल्दै छ भने अक्टोबर २९ मा स्कटल्याण्डसँग, नोभेम्बर २ मा फेरी अमेरिकासँग र नोभेम्बर ४ मा फेरी स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ ।