काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतरका नेताहरुको बैठक महामन्त्री शशांक कोइरालाको निवासमा बसिरहेको छ । क्रियाशिल सदस्यतामा रहेको विवाद र मन्त्रीको रुपमा सरकारमा जाने बिषयमा छलफलका लागि कोइराला निवासमा बैठक बसेको हो । आन्तरिक विवाद र मन्त्रीको रुपमा सरकारमा पठाउने नेताहको आर्जै निर्णय हुुने छ । नेताहरुको विषयमा छलफल गर्न महामन्त्री शशांक कोइरालाको निवासमा जारी बैठकमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा।प्रकाशशरण महत, अर्जुन नरसिंह, शेखर कोइराला, प्रदीप पौडेल लगायतका नेताहरु सहभागी भएका छन् ।
कांग्रेसको क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाउँदै तीन वटा समूह पार्टी कार्यालय सानेपामा धर्नामा बसेका छन्। यही विवादका बीच आगामी भदौमा १४ औं महाधिवेशन गराउनुपर्ने चुनौती कांग्रेस नेताहरुलाई छ । आसन्न महाधिवेशनमा आफ्नो पक्षमा माहोल बन्ने गरी मन्त्री पद बाँडफाँट गर्नुपर्ने दबाव नेताहरुलाई छ ।

