आइतबार, भाद्र २८ गते २०८३
images

साफ महिला च्याम्पियनसिप:नेपालले गरेको गोलले मान्यता नपाएपछि दशरथ रगंशालामा तनाव

एक्सप्रेस पाना
कार्तिक ११, २०८१ आइतबार
  • 265
    SHARES
  • साफ महिला च्याम्पियनसिप:नेपालले गरेको गोलले मान्यता नपाएपछि दशरथ रगंशालामा तनाव

    काठमाडौं । नेपाल र भारतबीच भइरहेको साफ महिला फुटबलको सेमिफाइनल खेलमा बिवाद भएको छ।

    images

    आइतबार साझँ आइतबार त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको खेलमा विवाद भएपछि पटक पटक खेल अबरुद्ध भएको छ ।

    नेपाली खेलाडी रेखा पौडेललाई दोश्रो पहेँलो कार्ड दिएपछि खेलमा विवाद शुरु भएको हो ।

    images

    १० खेलाडीमा सिमित भएको नेपालमाथि केहीबेरमै भारतले १ गोल गरेको थियो । त्यस लगत्तै रेफ्रीले सिठ्ठी बजाएपछि नेपालले १ गोल गरेको थियो । तर सो गोलले मान्यता नपाएपछि दर्शकहरुले पुन पानीको बोत्तल रंगशालामा फालेका थिए । त्यसपछि रंगशालामा तनाव भएको हो ।

    रेफ्रीहरुमाथि लगातार परेको दबावले अझै खेल शुरु हुन सकेको छैन । 

    नेपालको तर्फबाट सो गोलले मान्यता पाउनुपर्ने दावी गरिएको छ ।