सोमबार, भाद्र २९ गते २०८३
images

पेनाल्टी सुटआउटमा भारतलाई ४–२ ले पराजित गर्दै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा

एक्सप्रेस पाना
कार्तिक ११, २०८१ आइतबार
  • 388
    SHARES
  • पेनाल्टी सुटआउटमा भारतलाई ४–२ ले पराजित गर्दै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा

    काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । 

    images

    सेमिफाइनलमा पेनाल्टी सुटआउटमा भारतलाई ४–२ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । 

    निर्धारित समयमा खेल १–१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।  

    images

    यसअघि एक घण्टाभन्दा बढी समय अवरुद्ध रहेको खेल सुचारु हुनासाथ सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् ।

    खेलको ७०औं मिनेटमा भारतले अग्रता लिएपछि नेपालले तुरुन्त खेल शुरु गरेर गोल फर्काएको थियो । तर रेफ्रीले नेपालको गोललाई भने मान्यता नदिएपछि नेपालले विरोध गरेको थियो । लामो विवाद भएपछि खेल एक घण्टाभन्दा बढी समय अवरुद्ध बनेको थियो ।

    त्यसअघि खेलको ५०औं मिनेटमा रेखा पौडेलले दोहोरो पहेलो कार्ड पाउदै रातो कार्ड पाएपछि दर्शकले अवरोध गरेका कारण खेल १० मिनेटभन्दा बढी अवरुद्ध भएको थियो ।

    अब फाइनलमा नेपालले आगामी बुधबार बंगलादेशसँग खेल्ने छ ।