आइतबार, भाद्र २८ गते २०८३
images

विश्वकप लिग २:नेपाल अमेरिकासँग ३ विकेटले पराजित

एक्सप्रेस पाना
कार्तिक १२, २०८१ सोमबार
  • 343
    SHARES
  • विश्वकप लिग २:नेपाल अमेरिकासँग ३ विकेटले पराजित

    काठमाडौं । नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको छ । 

    images

    जारी आइसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अमेरिकाले नेपाललाई ३ विकेटले पराजित गरेको हो ।

    नेपालले दिएको २८७ रनको लक्ष्य पछाएको अमेरिकाले ४९.४ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । अमेरिकाका लागि शयान जगागिरले १०४ रनको शतकीय पारी खेलेका थिए भने कप्तान मोनांक पटेलले ६२, हर्मीत सिघले ५७ रन बनाएका थिए ।

    images

    त्यसैगरी नेपाली बलर कुशल भुर्तेलले ४, सोमपाल कामीले २ र ललित राजबंशीले एक एक विकेट लिएका थिए । 

    यस अघि नेपालले टस हरेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा अल आऔत हुदै २८६ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ९६ रन बनाएका थिए भने अनिल शाहले ५६, आसिफ सेखले ५२ र आरिफ सेखले ३७ रन बनाएका थिए ।

    अब सिरिजमा अर्को खेल मंगलबार राति नेपालले स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ ।  

  • सम्बन्धित विषय:

  • # विश्वकप लिग २