बिहीबार , कार्तिक २० गते २०८३
images
images

भाइटीकाको शुभ साइत ११ बजेर ३७ मिनेटमा

एक्सप्रेस पाना
कार्तिक १२, २०८१ सोमबार
  • 268
    SHARES
  • भाइटीकाको शुभ साइत ११ बजेर ३७ मिनेटमा

    काठमाडौै । यस बर्षको भाइटीकाको साइत सार्वजनिक गरिएको छ । 

    images

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको जनकारी गराएको हो । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलका अनुसार पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने छ । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ ।

    यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार कात्तिक १३ गते मङ्गलबारदेखि सुरु हुँदैछ । मङ्गलबार धनत्रयोदशी (धनतेरस) पर्व मनाइन्छ ।

    images

    कात्तिक १४ कागतिहार परेको छ कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा पनि कात्तिक १५ गते बिहीबार मनाउनुपर्छ । कात्तिक १६ गते शुक्रबार औँशी परेको छ । त्यस दिन भने तिहारको कुनै पर्व नपरेको समितिले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    कात्तिक १७ गते शनिबार गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि परेको छ । 

  • सम्बन्धित विषय:

  • # भाइटीका