काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागमा स्थानीय वायुकोसमेत आंशिक प्रभाव रहेको छ।
मंगलबार बिहान देशका पहाडी भूभागको मौसम आंशिक बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।
आज दिउँसो पनि देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान विभागले गरेको छ। कोसी प्रदेश लगायत देशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाकोसमेत सम्भावना छ।
राति पनि कोसी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
कोसी प्रदेश लगायत देशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिकरआंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
.jpg)


