आइतबार, भाद्र २८ गते २०८३
images

विश्वकप लिग २:नेपालले आज दोस्रो खेलमा स्कटल्याण्डसँग खेल्दै

एक्सप्रेस पाना
कार्तिक १३, २०८१ मंगलबार
  • 442
    SHARES
  • विश्वकप लिग २:नेपालले आज दोस्रो खेलमा स्कटल्याण्डसँग खेल्दै

    काठमाडौं ।  विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज दोस्रो खेलमा स्कटल्याण्डसँग खेल्दै छ । 

    images

    एकदिवसीय फर्म्याटमा हुने यो खेल नेपाली समय अनुसार राति ९ः १५ बजेदेखि डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा शुरु हुनेछ । 

    यस सिरिजको पहिलो खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको छ भने नेपाल आफ्नो पहिलो खेलमा अमेरिकासँग पराजित भएको छ । 

    images

    नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म ६ एकदिवसीय खेल भएका छन् । 
    क्यानले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । नेपाली टिममा देव खनाल र सागर ढकाललाई रिजर्भमा राखिएको छ ।

    नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, ललित राजबंशी र सन्दीप लामिछाने रहेका छन् । 

    यस खेलपछि नेपालले नोभेम्बर २ मा फेरी अमेरिकासँग र नोभेम्बर ४ मा फेरी स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ ।

     

  • सम्बन्धित विषय:

  • # विश्वकप लिग २