असोज २० काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को प्लेयर अफ द मन्थ सेप्टेम्बरको मनोयनमा परेका छन् ।
आइसिसीले आज (बुधबार) सार्वजनिक गरेको प्लेयर अफ द मन्थको मनोनयनमा सन्दीपसँगै बंगलादेशका स्पिनर नासुम अहमद र अमेरिका ब्याटर जसकरण मल्होत्रा परेका छन् । सन्दीपले अघिल्लो महिना ओमान भ्रमणमा सर्वोत्कृष्ट प्रदर्शन गर्दै ६ खेलमा १८ विकेट लिएका थिए ।
ओमानमा भएको आइसिसी विश्वकप लिग–२ र पपुवा न्युगिनीसँग दुई ओडिआई खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि आइसिसीको प्लेयर अफ द मन्थको मनोनयन सूचिमा परेका हुन् ।
ओमान भ्रमणमा नेपालको चारै जितमा सन्दीप नायक बनेका थिए ।


