आइतबार, भाद्र २८ गते २०८३
images

स्कटल्याण्डलाई ५ विकेटले हराउँदै नेपाल विजयी

एक्सप्रेस पाना
कार्तिक १४, २०८१ बुधबार
  • 271
    SHARES
  • स्कटल्याण्डलाई ५ विकेटले हराउँदै नेपाल विजयी

    काठमाडौं । जारी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणत्मक सिरिजमा नेपालले स्कटल्याण्डमाथि जित हासिल गरेको छ ।

    images

    नेपाली समयअनुसार मंगलबार राती भएको खेलमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराउँदै जित हासिल गरेको हो ।

    स्कटल्याण्डले दिएको १५५ रनको लक्ष्य पछाएको नेपालले २९.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

    images

    नेपालको जितमा आरिफ सेखले अर्धशतकीय पारी खेलेका थिए भने गुलशन झाले २५ रन,कुशल भुर्तेलले २५, आसिफ सेखले २१ र अनिल शाहले १३ रन बनाएका थिए ।

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ४१.४ ओभरमा अल आउट हुदै १५४ रन बनाएको थियो ।

    अब सिरिजमा नेपालले आगामी शनिबार अमेरिकासँग खेल्ने तालिका छ भने सोमबार स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ ।