काठमाडौं । जारी साफ महिला फुटबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ ।
उपाधिका लागि नेपाल र बंगलादेशबिच हुने खेल साँझ साढे ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । सेमिफाइनलमा भारतलाई हराएर नेपाल फाइलनमा पुगेको हो भने बंगलादेशले भुटानलाई पराजित गरेको थियो ।
साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । घरेलु टोली नेपाल बङ्गलादेशलाई हराउदै उपाधि चुम्ने दाउमा मैदानमा उत्रिनेछ ।
नेपाल पहिलो उपाधि जित्ने लक्ष्यमा रहँदा बंगलादेश भने दोस्रो उपाधिको खोजिमा छ ।


