आइतबार, भाद्र २८ गते २०८३
images

बंगलादेशले जित्यो साफ महिला च्याम्पियनसिपको उपाधि

एक्सप्रेस पाना
कार्तिक १४, २०८१ बुधबार
  • 283
    SHARES
  • बंगलादेशले जित्यो साफ महिला च्याम्पियनसिपको उपाधि

    काठमाडौं । बंगलादेशले नेपाललाई पराजित गर्दै साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । 

    images

    बुधबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई २–१ गोल अन्तरले पराजित गर्दै च्याम्पियनसिपको उपाधि जितेकोे हो । 

    बंगलादेशले खेलको ८०औं मिनेटमा गोल गर्दै २–१ को अग्रता लिएको हो । 

    images

    खेलको ५२औ मिनेटमा बंगलादेशले गोल गर्दै १–० को अग्रता लिएको थियो भने खेलको ५५औं मिनेटमा नेपालका लागि अमिशा कार्कीले गोल गर्दै खेल बराबरी गरेकी थिइन् ।

    योसँगै बंगलादेशले लगातर दोस्रो पटक साफको उपाधि जितेको छ ।  बंगलादेशले २०२२ को साफ फाइनलमा पनि नेपाललाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो । त्यस्तै नेपालले भने यो सहित छैटौं पटक साफको फाइनलमा पराजित भएको छ ।