काठमाडौं । हङकङ सिक्सेसमा नेपालले अस्ट्रेलियालाई ११२ रनको चुनौती दिएको छ।
शनिबार बिहान हङकङको मोङ कक मैदानमा टस हारेर सुरुमा ब्याटिङको गरेको नेपालले दुई विकेट गुमाउँदै १११ रन बनाएको हो।
नेपालका लागि सन्दीप जोराले १६ बलमा पाँच चौका र चार छक्का प्रहार गर्दै ५१ रन बनाए ।
लोकेश बमले १३ बलमा तीन चौका र तीन छक्काको मद्तमा ३३ रन बनाए भने राशिद खानले दुई बलमा १२ रन बनाएको खेलमा एक बल खेलेका नारायण जोशीले एक रन जोडे।


