काठमाडौं । हङकङ सिक्सेसमा नेपालले अस्ट्रेलियामाथि ११ रनको शानदार जित निकालेको छ ।
शनिबार बिहान हङकङको मोङ कक मैदानमा भएको खेलमा नेपालले दिएको ११२ रनको चुनौतीमा अस्ट्रेलियाले पूरै ६ ओभरमा सबै विकेटको गुमाउँदै १०० रन बनाएको हो ।
टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले अस्ट्रेलियालाई ११२ रनको चुनौती दिएको थियो ।
नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिँदा लोकेश बमले एक विकेट हात पारे । अस्ट्रेलियाविरुद्ध ब्याटिङ गर्दै कप्तान सन्दीप जोरा र लोकेश बम । यो जितसँगै नेपाल समूह विजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको छ ।


