आइतबार, भाद्र २८ गते २०८३
images

विश्वकप लिग–२ मा आज नेपालले स्कटल्याण्डको सामना गर्दै

एक्सप्रेस पाना
कार्तिक १९, २०८१ सोमबार
  • 318
    SHARES
  • विश्वकप लिग–२ मा आज नेपालले स्कटल्याण्डको सामना गर्दै

    काठमाडौं । आइसीसी विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजमा आज नेपाल र स्कटल्याण्डबीच खेल हुदैछ ।

    images

    यो खेल नेपाली समय अनुसार राति ९ः १५ बजेदेखि डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा शुरु हुने छ । 

    जारी सिरिजमा नेपालले २ खेलमा एक हार र एक जित हासिल गरेको छ भने स्कटल्याण्डले ३ खेलमा २ जित र एक हार हासिल गरेको छ । 

    images

    स्कटल्याण्डले अमेरिकासँगका दुवै खेल जितेको छ भने नेपालसँगको खेल हारेको थियो । 

    लिग–२ मा अहिलेसम्म स्कटल्याण्ड १० खेलमा १३ अंकसहित तेस्रो स्थानमा छ भने अमेरिका १२ खेलमा १६ अंक हासिल गर्दै शिर्ष स्थानमा छ । त्यस्तै नेपाल ११ खेलमा ५ अंकसहित सातौं स्थानमा छ ।

    यो त्रिकोणात्मक सिरिजको यो अन्तिम खेल पनि हो ।