काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक सिरिजअन्तर्गत स्कटल्यान्ड र नेपालबीचको खेल वर्षाका कारण रद्द भएको छ ।
सोमबार राति अमेरिकाको डालसस्थित ग्राउण्ड प्रेरी क्रिकेट ङ्गशालामा वर्षासँगै हावाहुरीको सम्भावना भएपछि खेल रद्द भएको हो ।
स्कटल्यान्ड र नेपालबीचको खेल छ ओभरसमै रोकियो । यसअघि वर्षाका कारण १ ओभरमा खेल रोकिएको थियो । पहिला ब्याटिङ गरेको नेपालले छ ओभरको खेलमा १ विकेट गुमाउँदै २६ रन बनाएपछि वर्षाका कारण खेल रोकियो।
नेपालले आफूले खेलेका १२ खेलमध्ये २ वटामा मात्र जित हासिल गरेको छ । यस्तै ८ खेलमा हार र २ खेल रद्द हुँदा नेपाल ६ अङ्कका साथ सातौँ स्थानमा छ ।


