सोमबार, भाद्र २९ गते २०८३
images

महिला यू–१९ विश्वकपको एशिया क्वालिफायर शुरु,नेपालले पहिलो खेलमा आज थाइल्याण्डको सामना गर्दै

एक्सप्रेस पाना
कार्तिक २१, २०८१ बुधबार
  • 272
    SHARES
  • महिला यू–१९ विश्वकपको एशिया क्वालिफायर शुरु,नेपालले पहिलो खेलमा आज थाइल्याण्डको सामना गर्दै

    काठमाडौं । महिला यू–१९ विश्वकपको एशिया क्वालिफायर आजदेखि शुरु हुदै छ ।

    images

    २०२५ मा हुने महिला यू–१९ विश्वकपका लागि एशिया क्वालिफायरमा नेपालसहित कुवेत, थाइल्याण्ड र युएई खेल्दै छन् ।

    क्वालिफायरमा शिर्ष स्थानमा रहने देश विश्वकपका लागि छनौट हुनेछ ।  

    images

    आज नेपालले पहिलो खेलमा थाइल्याण्डको सामना गर्दैछ भने विहिबार नेपालले कुवेतसँग र शनिबार युएईविरुद्ध खेल्ने तालिका रहेको छ । त्यस्तै आइतबार फेरी थाइल्याण्डसँग, मंगलबार कुवेतसँग र बुधबार युएईविरुद्ध खेल्ने छ ।  

    विश्वकप क्वालिफायर खेल्ने नेपाली टिममा पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), अलिशा यादव (विकेटकिपर), मनिषा उपाध्याय, क्रिश्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, त्रिशना बिक, रिया शर्मा, कुसुम गोदार, सीमाना केसी, ज्योत्स्निका मरासिनी र रचना चौधरी रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # एशिया क्वालिफायर