काठमाडौं । यू १९ महिला विश्वकप क्रिकेटको एसिया छनोटको पहिलो खेलमा नेपाले टस हारेर पहिले बलिङ गर्ने भएको छ ।
बुधबार नेपाल र थाइल्यान्डबीच हुने खेलमा थाइल्यान्डले टस जितेर नेपाललाई पहिला बलिङ गर्न निम्तो दिएको हो ।
२०२५ मा हुने महिला यू–१९ विश्वकपका लागि एशिया क्वालिफायरमा नेपालसहित कुवेत, थाइल्याण्ड र युएई खेल्दै छन् ।
नेपाली टिममा पुजा महतो (कप्तान), सोनी पाख्रिन , अलिशा यादव , मनिषा उपाध्याय, क्रिश्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, त्रिशना बिक, रिया शर्मा, कुसुम गोदार, सीमाना केसी, ज्योत्स्निका मरासिनी र रचना चौधरी रहेका छन् ।


