असोज २० काठमाडौं । जारी एभरेस्ट प्रिमियर लिग (इपीएल)को चौथो संस्करण अन्तर्गत एलिमिनेटर खेलमा भैरहवा ग्लाडियटर्सले काठमाडौं किंग्स ११ लाई १८९ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८८ बनायो ।
भैरहवाका लागि कप्तान शरद भेषवाकरले सर्वाधिक ४९ रनको योगदान दिए । २० औँ ओभरको दोस्रो बलमा सन्दीप लामिछानेले अमरसिंह रउटेलाबाट क्याच गराउनुअघि उनले २० बलको सामना गर्दै ७ चौका र ३ छक्का प्रहार गरेका थिए ।
प्रदिप ऐरीले ३९, उपुल थरंगाले ३५ र कुशल मल्ले ३२ रन बनाए ।
काठमाडौंका असान प्रियन्जन र सन्दीप लामिछानेले २–२ विकेट हात पार्दा शेर मल्ल, जितेन्द्र मुखिया र जनक प्रकाशको नाममा १–१ विकेट रह्यो । १ विकेट रन आउटका रुपमा प्राप्त भयो ।


