आइतबार, भाद्र २८ गते २०८३
images

यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालकोे लगातार दोस्रो जित

एक्सप्रेस पाना
कार्तिक २२, २०८१ बिहीबार
  • 358
    SHARES
  • यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालकोे लगातार दोस्रो जित

    काठमाडौं । यूएईमा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।

    images

    बिहिबार कुवेतलाई १०८ रनले पराजित गर्दै नेपालले प्रतियोगीतामा लगातार दोस्रो जित हासिल गरेको हो ।

    नेपालले दिएको १३१ रनको लक्ष्य पछाएको कुवेतले १३ ओभरमा अल आउट हुदै २२ रन मात्र बनाएपछि खेल १०८ रनले हारेको हो । यसअघि नेपालले टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३० रन बनाएको थियो ।

    images


    नेपालले यसअघि पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । त्यस्तै कुवेतले भने लगातार दोस्रो हार बेहोरेको छ । कुवेतले पहिलो खेलमा आयोजक यूएईसँग पराजित भएको थियो ।

    अब नेपालले अर्को खेल शनिबार युएईसँग खेल्ने तालिका रहेको छ । छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । 

  • सम्बन्धित विषय:

  • # एसिया छनोट